३ दिनभित्रै कोरोना बीमा भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन

 अर्थबुलेटिन संवाददाता   १८ मंसिर, २०७७



काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमावापतको रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ । मन्त्रालयले बिहिबार एक निर्देशन जारी गर्दै  ३ दिनभित्रै भुक्तानी गर्न बीमा समितिलाई निर्देशन दिएको हो ।

यसअघि ७ दिनभित्रै भुक्तानी दिनू भन्ने मन्त्रालयको निर्देशन कार्यान्वयन नगरेको भन्दै मन्त्रालयले आज पुनः अर्को निर्देशन जारी गरेको हो ।

अर्थमन्त्रालयले ३ दिनभित्रै कोरोना बीमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन बीमा समितिलाई निर्देशन दिएको बताएको छ । साथै मन्त्रालयले हाल कुन–कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भनेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation