अन्तिम कारोवार दिन पनि नेप्सेमा उच्च वृद्धि

 अर्थबुलेटिन संवाददाता   १६ पौष, २०७७




काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहिबार पनि नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २५ दसमलव २१ अंकले बढेर दुुई हजार ८७ दशमलव २७ अंकमा चढ्दा सेन्सिटिभ पनि सात दशमलव चार अंकले बढेर तीन सय ९८ दशमलव ७० अंकमा चढेको छ ।

दुुई सय सात वटा कम्पनीहरुको ५० हजार तीन सय ८६ पटकको कारोवारमा एक करोड १४ लाख ६४ हजार दुई सय कित्ता सेयर किनबेच हुँदा कारोवार रकम पाँच अर्ब ७० करोड ३४ लाख ६९ हजार आठ सय ३७ रुपैयाँ  पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार निर्जिवन बीमा समुहको सुचक घटेर रातो देखिपनि बाँकी समुहको सुचक बढेर हरियो देखिएको छ ।

सो मध्ये वाणिज्य बैंक समुहको सुचक ३० दशमलव ५७ अंकले बढेर १५ सय ८५ दशमलव २२ अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुचक पनि चार दशमलव आठ अंकले बढेर १५ सय ८२ दशमलव ६९ अंकमा चढेको छ ।

विकास बैंक, लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।  

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नारायाणी डेभलपमेन्ट बैंक परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation