नेप्सेमा हरियाली, लगानीकर्ता मख्ख

 अर्थबुलेटिन संवाददाता   २२ पौष, २०७७



काठमाडौं । आज नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से  बुधबार १३ दशमलव सात अंकले बढेर २१ सय ७८ दशमलव ५७ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४५ अंकले बढेर चार सय १८ दशमलव १४ अंकमा चढेको छ । आज दुई सय पाँच वटा कम्पनीहरुको ४३ हजार तीन सय ५७ पटकको कारोवारमा एक करोड पाँच लाख ३४ हजार एकम सय ५७ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम चार अर्ब ४२ करोड ४८ लाख ४२ हजार पाँच सय ९७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा टे«डिङ र जलबिद्युत समुहको सुचक घटेपनि बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक ११ दशमलव आठ अंकले बढेर १६ सय ४७ दशमलव ५० अंकमा चढेको छ भने विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थामा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल लाईफा इन्स्योरेन्स कम्पनी परेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation