नेप्सेमा निरन्तर हरियाली, लगानीकर्तामा खुशीयाली

 अर्थबुलेटिन संवाददाता   २३ पौष, २०७७



काठमाडौं । नेप्से आज बिहिबार १५ दशमलव ९१ अंकले बढेर २१ सय ९४ दशमलव ४८ अंकमा चढेकोमा सेन्सिटिभ पनि तीन दशमलव आठ अंकले बढेर चार सय २१ दशमलव २२ अंकमा चढेको छ ।

आज दुई सय आठ वटा कम्पनीहरुको ५० हजार नौ सय ३३ पटकको कारोवारमा एक करोड १७ लाख ६७ हजार चार सय ९२ कित्ता सेयर किनबेच भएकाछन् भने कुल सेयर कारोवार रकम पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार दुई सय ७९ रुपैयाँ पुगेको छ । आज १२ वटा समुहको कारोवार हुँदा अन्य समुहको सुचक घटेर बाँकी ११ वटा समुहको सुचक बढेकाछन् ।

ति मध्ये वाणिज्य बैंक समुहको सुचक १३ दशमलव चार अंकले बढेर १६ सय ६० दशमलव ५५ अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुचक १० दशमलव ६४ अंकले बढेर १६ सय ७२ दशमलव १९ अंकमा चढेको छ ।

विकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैंक परेको छ ।

यसैगरी रकम कारोवारका आधारमा भने पहिलो स्थानमा प्रभुु बैंक परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation