नेप्सेमा आज दोहोरो अंकले वृद्धि

 अर्थबुलेटिन संवाददाता   १४ माघ, २०७७



काठमाडौं । आज  नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अंकमा पुगेको छ ।

नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०।८६ अंकले बढेर ४४६ दशमलव ३८ अंकमा झरेको छ ।कारोबार रकम भने ८ अर्ब भन्दा थोरै माथि पुग्यो । दिनभर भएका ५९ हजार १ सय ५१ कारोबारबाट २०८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँ पुगेको छ । बुधबार कारोबार संख्याका आधारमा नेपाल लाइफ इन्स्यारेन्स पहिलो नम्बरमा देखिएको छ ।

धेरै कमाउनेमा पनि नेपाल लाइफकै लगानीकर्ताहरु देखिएका छन् । नेपाल लाइफको ९।९९ प्रतिशतले सेयर मूल्य वृद्धि भएर २ हजार ४ सय ११ रुपैयाँ पुगेको छ ।

आज विहानमात्रै नेपाल लाईफको सेयर मूल्य समायोजन भएको थियो । नेपाल लाइफले आगामी २८ गते साधारण सभा बोलाएको छ ।

साधारणसभा प्रयोजनका लागि आज बुधबारबाट बुक क्लोज मिति तोकिएको थियो । नेपाल लाइफले घोषणा गरेको ३१ प्रतिशत बोनस सेयर पछि मंगलबारको मूल्यलाई आधार मान्दै नेपाल लाइफले मूल्य समायोजन गरिएको हो ।

मंगलबार २ हजार ८ सय ७२ रुपैयाँ रहेकोमा समायोजन पछिको मूल्य नेपाल स्टक एक्सचेञ्जले २ हजार १ सय ९२ रुपैयाँ तोेकेको थियो । त्यसपछि पनि यस कम्पनीको सेयर मूल्य वृद्धि भएको हो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation