उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता खुशीले मख्ख

 अर्थबुलेटिन संवाददाता   १९ माघ, २०७७



काठमााडौं । आज  नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज ३७ दशमलव सात अंकले बढेर २४ सय आठ दशमलव आठ अंकमा पुुुग्दा सेन्सिटिभ चार दशमलव ९५ अंकले बढेर चार सय ३७ दशमलव २८ अंकमा चढेको छ । दुई सय तीन वटा कम्पनीहरुको ६५ हजार सात सय ७८ पटकको कारोवारमा एक करोड ३३ लाख ११ हजार नौ सय ४२ कित्ता सेयर खरिद बिक्री भएकाछन् भने कुुल कारोवार रकम छ अर्ब ९७ करोड २९ लाख ३६ हजार पाँच सय २९ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा लघुुबित्त र सामुुहिक लगानी कोष समुहको घटेपनि बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २० दशमलव चार अंकले बढेर १६ सय ८९ दशमलव ६६ अंकमा पुुग्दा विकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु पनि बढेकाछन् । 

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सेञ्चुरी कर्मसियल बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका माईक्रो क्रेडिट लघुुबित्त बित्तीय संस्था परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation