सूर्य प्रसाद सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त

 अर्थबुलेटिन संवाददाता   २० माघ, २०७७



काठमाडौं । पूर्वसचिव सूर्य प्रसाद सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त भएका छन् । सोमवारको मन्त्रिपरिषद्को बैठकले उनलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि बीमा समितिको अध्यक्षमा  चिरञ्जीबी चापागाईँ थिए ।

उनी आफ्नो ४ वर्षीय कार्यकाल पूरा गरी  पुस १४ गतेदेखि बिदामा बसेका थिए । उनको कार्यकाल सकिएको एक महिनामा बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त भएका हुन्  ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation