रोकिएन नेप्सेले छलाङ मार्ने क्रम, लगानीकर्ता उत्साही

 अर्थबुलेटिन संवाददाता   ५ फागुन, २०७७



काठमाडौं । नेप्सेले आज बुुधबार पनि छलाङ मारेको छ । आज नेप्से नौ दसमलव ९४ अंकले बढेर २६ सय ११ दशमलव ४५ अंकमा पुुग्दा सेन्सिटिभ एक दशमलव ४७ अंकले बढेर चार सय ७५ अंकमा चढेको छ । दुई सय तीन वटा कम्पनीहरुको ७६ हजार सात सय ३० पटकको कारोवारमा एक करोड ७६ लाख ८८ हजार दुुई सय ७१ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम आठ अर्ब तीन करोड ५५ लाख १० हजार आठ सय ४४ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा पाँच वटा समुहले कमाएकाछन भने सात वटाले गुमाएकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २९ दशमलव ७७ अंकले बढेर १९ सय १३ दशमलनव २९ अंकमा चढेको छ भने विकास बैंक, टे«डिङ, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् । जलबिद्युुत समुहको सुचक भने आज १४ दशमलव ४४ अंकले घटेर १९ सय २२ दशमलव ४५ अंकमा झर्दा लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचकहरु पनि घटेकाछन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ भने बढी गुगाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज फष्र्ट म्युुचअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक नै पहिलो स्थानमा परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation