सामान्य अंकले बढ्यो नेप्से, पाँच वटा समुहले गुमाउदा सातवटाले कमाए

 अर्थबुलेटिन संवाददाता   ९ फागुन, २०७७



काठमाडौं । नेप्से आज झिनो अंकले बढेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से तीन दशमलव ६६ अंकले बढेर २६ सय ४० दशमलव ३४ अंकमा पुुग्दा सेन्सिटिभ भने दुुई दशमलव दुुई अंकले घटेर चार सय ७९ दशमलव ५८ अंकमा झरेको छ ।

आज दुुई सय सात वटा कम्पनीहरुको ९३ हजार ३९ पटकको कारोवारमा दुुई करोड ४३ लाख पाँच हजार ६६ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम आठ अर्ब ८३ करोड ४६ लाख तीन हजार नौ सय ६७ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुँदा पाँच वटा समुहले गुमाएकाछन् भने सात वटा समुहले कमाएकाछन । ति मध्ये वाणिज्य बैंक समुहको सुचक सात दशमलव १३ अंकले घटेर १९ सय २९ दशमलव ५३ अंकमा झरेकोमा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा र लघुबित्त समुहको सुचक पनि घटेकाछन् ।

विकास बैंक समुहको सुचक भने २९ दशमलव ३२ अंकले बढेर २७ सय ६३ दशमलव ३० अंकमा चढेकोमा जलबिद्युुत, टे«डिङ, होटल, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि उच्च अंकले बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शिवश्री हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बेस्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक लिमिटेड पहिलो स्थानमा परेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation