नेप्सेमा झण्डै ४५ अंकको पहिरो, लगानिकर्ता चिन्तित

 अर्थबुलेटिन संवाददाता   १३ फागुन, २०७७



काठमाडौं । नेप्सेमा झण्डै ४५ अंकको भिषण पहिरो गएको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार ४४ दशमलव ९४ अंकले घटेर २५ सय ५४ दशमलव १३ अंकमा झरेको छ भने सेन्सिटिभ आठ दशमलव ५३ अंकले घटेर चार सय ६१ दशमलव ८१ अंकमा झरेको छ । नेप्सेमा आज दुुई सय छ वटा कम्पनीहरुको ८३ हजार चार सय सात पटकको कारोवारमा एक करोड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम छ अर्ब नौ करोड ८१ लाख ८८ हजार चार सय १४ रुपैयाँ  पुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक ३७ दशमलव ४९ अंकले घटेर १८ सय ४६ दशमलव ८३ अंकमा झरेको छ भने जलबिद्युुत समुहको सुचक पनि २७ दशमलव ७५ अंकले घटेर दुुई हजार सात दशमलव तीन अंकमा झरेको छ ।

विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज फष्ट म्युचअल फण्ड परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैक परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation