कुमारी बैंक र के. जि. यच ग्रूपबीच सम्झौता

 अर्थबुलेटिन संवाददाता   १६ फागुन, २०७७



काठमाडौं । कुमारी बैंक लिमिटेड र के. जि. यच ग्रूप बीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट क्रेडिट कार्ड वाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रिय राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागि विश्राम अत्यावश्यक रहेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत के. जि. यच ग्रूप , अन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवाहरुमा आकर्षक छुटको प्रावधान मिलाएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्ड वाहकहरुले उक्त के. जि. यच ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा, स्पा सुविधाहरुमा  र संग्रहालय शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation