सिद्धार्थ बैंकद्वारा कर्मचारी संलग्नता प्रतियोगिताको नतिजा सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   १७ फागुन, २०७७



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर कर्मचारीको सहभागीतालाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिता ल्याएको थियो । सो प्रतियोगितामा देशभरबाट १२४ जना बैंकका कर्मचारीहरुले लेख, एनिमेशन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधाहरुमा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको नतिजा आज आईतबार सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोहकाबीच सम्पन्नभएको थियो भने, कार्यक्रममा बैंकका अधिकाशं कर्मचारीहरुले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए । विजेताहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथगौतमले पुरस्कार हस्तान्तरण गरेका थिए ।

उनले सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले कर्मचारीको हौसला बढाउने तथा कर्मचारीहरुमाझ हर्ष र उत्साह सृजना गर्ने भएकाले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदैँ जाने भनेर उल्लेख गर्दै सबै कर्मचारीहरुलाई यस किसिमका कार्यक्रमहरुमा सहभागिता जनाउन प्रोत्साहन गरे ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation