नबिल बैंकद्वारा डिपोजिट खाताबारे जानकारी दिने भिडियो सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   १९ फागुन, २०७७



काठमाडौं । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको छ । सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट खाताको बारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि नबिल बैंकले एउटा भिडियो ल्याएको छ ।
यो भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो । नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हु“दै अहिलेको दिनसम्म आईपुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने कुरा यस भिडियो मार्फत् देखाइएको छ ।
नबिल बैंकले बितेका दिनहरुमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथ पाउने अपेक्षा गरिएको छ । नबिल बैंकको ३६ वर्षको यात्रामा नबिल बैंकले लाखौंको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको छ ।
बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवाप्रदान गरेर आफ्ना सबै स्टेक होल्डरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation