आईतबार १२ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

 अर्थबुलेटिन संवाददाता   २२ फागुन, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैंकले  आईतबार (भोलि) १२ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको हो । 

फागुुन २५ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । ९१ दिने अवधिको उक्त ट्रेजरीरीको परिपक्व हुुने अवधि भने २०७८ जेठ २५ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation