सनराईज बैंकले धनगढीमा पनि क्यु आर कोड सेवा सुुरु गर्यो

 अर्थबुलेटिन संवाददाता   २५ फागुन, २०७७



काठमाडौं । सनराईज बैंकले धनगढीमा पनि क्यु आर कोड सेवा सुुरु गरेको छ । बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको शुरुवात गरेको हो ।

बैकका अनुसार उक्त कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर निर्पबहादुर वड, सनराईज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाही, त्रिनगर कृषि हाटबजार ब्यबस्थापन समिती धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशिल सामाजका कोषाध्यक्ष गणेश बि.क. र शाखा प्रबन्धक धर्मकुमार बिष्ट बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर निर्पबहादुर वडले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पु¥याउन धनगढी उप–महानगरपालिकाले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नुपर्ने बताएकाछन ।
डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सन्राइज बैंकले सबै क्षेत्रका स–साना तरकारी पसल, फलफुल पसल, किराना पसलदेखि लोकल बसहरुसम्म पनि क्यु आर कोड लागू गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको जानकारी दिएकाछन ।

कार्यक्रममा त्रिनगर कृषि हाटबजार व्यवस्थापन समिति धनगढीका भवानी सिं चैसिरले अब त्रिनगर कृषि हाटबजारमा तरकारी तथा फलफूूल खरिद बिक्रि गर्न आउने व्यक्तिहरुले ससाना कारोबारमा समेत डिजिटल बैंकिङ्ग मार्फत सुरक्षित कारोबार गर्न सक्ने बताएकाछन ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation