कुमारी बैंक र विरगञ्जको प्रभु अस्पतालबीच छुट सम्झौता

 अर्थबुलेटिन संवाददाता   २५ फागुन, २०७७



काठमाडौं । कुमारी बैंकका ग्राहकले विरगञ्जस्थित प्रभु अस्पतालमा २० प्रतिशत छुट पाउने भएकाछन । कुमारी बैंक र प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएपछि ग्राहकहरुले यस्तो सेवा पाउने भएकाहुुन ।

सम्झौतामा कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरेकाछन । सम्झौता अनुसार प्रभु अस्पतालको विभिन्न सेवा शूल्कमा २० प्रतिशत र औषधीमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा पाँच प्रतिशत छुट पाउनेछन् ।

हालसम्म कुमारी बैंकले १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation