नेप्सेमा लगातार पहिरो, आज पनि लगानिकर्ता निराश

 अर्थबुलेटिन संवाददाता   २६ फागुन, २०७७



काठमाडौं । नेप्सेमा आज  पनि पहिरो गएको छ । बुुधबार नेप्से  तीन दशमलव चार अंकले घटेर २४ सय ५८ दशमलव ४८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव शुन्य दुुई अंकले बढेर चार सय ४५ दशमलव २३ अंकमा चढेको छ । दुुई सय पाँच वटा कम्पनीहरुको ४६ हजार नौ सय ४८ पटकको कारोवारमा ७८ लाख १६ हजार आठ सय ७४ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम चार अर्ब १० करोड चार लाख छ हजार तीन सय ३७ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोवार हुँदा छ वटा समुहको सुचक घटेर सात वटा समुहको सुचक बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १० दशमलव नौ अंकले घटेर १७ सय ६३ दशमलव पाँच अंकमा झर्दा विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

ट्रेडिङ समुहको सुचक दुुई सय ९६ दशमलव ९७ अंंकले बढेर तीन हजार नौ सय ३९ दशमलव ५९ अंकमा पुुग्दा होटल तथा पर्यटन, जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक, अन्य र लगानी समुहको सुचकहरु पनि बढेकाछन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रैराङ हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation