उदयपुरको गाईघाट एभरेष्ट बैंकको १०२ औं शुभारम्भ

 अर्थबुलेटिन संवाददाता   २७ फागुन, २०७७



काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि गाईघाट उदयपुरमा आफ्नो १०२ औं शाखाको बुुधबार उद्घाटन गरेको छ ।

एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र नेपाल उद्योगवाणिज्य संघ, गाईघाट का अध्यक्ष गजेन्द्र भगतले संयुक्तरुपमा गाईघाट, उदयपुर शाखाको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा विश्वराज भट्टराई, वडा ११ त्रियुगा नगरपालिकाका अध्यक्ष, भिम बहादुर दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, पूर्ण बहादुर श्रेष्ठ, एभरेष्ट बैंकका प्रदेश–१ का प्रादेशिक प्रबन्धक र पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग् प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरुको उपस्थिती रहेको थियो ।

उद्घाटन समारोहमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमारले उद्घाटन समारोहको मन्तव्यमा गाईघाट क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय, १३४ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation