एनएमबि बैँकका ग्राहक तथा कर्मचारीलाई द होराइजन होटल र आगन्तुक रिसोर्टमा विशेष छुुट

 अर्थबुलेटिन संवाददाता   २८ फागुन, २०७७



काठमाडौं । एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुले द होराइजन होटल र आगन्तुक रिसोर्ट, बनेपामा विशेष छुुट पाउने भएकाछन । एनएमबि बैँकको द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी अनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ्ग, स्पा सुबिधाहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो ।
यसैगरी स्विमिङ्ग, हेल्थ क्लब र बर्थ डे केकहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा एनएमबिका रिटेल बैँकिङ्ग प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेका थिए । अत्याधुनिक बैँकिङ्ग सुबिधाका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले ग्राहकहरुलाई यो छुटको ब्यवस्था गरेको जानकारी दिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation