विराटनगरका अटो चालकलाई एनसीसी बैंकको क्युआर कोड उपलब्ध

 अर्थबुलेटिन संवाददाता   १ चैत, २०७७



काठमाडौं ।  विराटनगर नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । एनसीसी बैकले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।

शुक्रबार राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । के एन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी हुनेछ । नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रहसमेत गरे ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation