२५ प्रतिसत भन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

 अर्थ बुलेटिन संवाददाता   १९ बैशाख, २०७८



काठमाडौं ।  २५ प्रतिसत भन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । सबै बैंक तथा बित्तीय संस्थाहरुको नाउँमा आज आईतबार परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।  

कोभिड १९ को संक्रमण दोस्रो लहरकोरुपमा फैलिंदै गएको र सोहीरुपमा नेपालका बिभिन्न स्थानहरुमा समेत संक्रमण जोखिम दिनदिनै बढ्दै गएको, नयाँ भेरियन्टको संक्रमण दर उच्च रहेको र बैंक तथा बित्तीय संस्थाहरुका कर्मचारी तथा सेवाग्राही समेतका तीव्ररुपमा संक्रमण फैलिईरहेको परिप्रेक्षमा उच्च सर्तकताका साथ बैंक तथा बित्तीय संस्थाको सेवाको सुनिश्चितता गर्नुपर्ने भन्दै उक्त निर्देशिका कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

नेपाल सरकार तथा बिश्व स्वास्थ संगठनको स्वास्थ सुरक्षा सम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्र्पकमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्युनीकरण गर्न आवस्यक सम्पुर्ण उपायहरु अवलम्वन गर्नुपर्ने छ । बैंक तथा बित्तीय संस्थाले आफ्नो व्यवसायीक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असंम्भव हुने कामको लागि मात्र न्युन कर्मचारीहरुको उपस्थितीबाट कार्यसम्पादन हुुने व्यवस्था मिलाउनुु पर्ने छ । कोभिड १९ को संक्रमण जोखिम न्युनीकरणको लागि निशेधाज्ञा जारी भएका स्थानहरुमा रहेका केन्द्रिय कार्यालहरुको हकमा २० प्रतिसत भन्दा कम कर्मचारी तथा शाखा कार्यालयको हकमा संम्भव भएसम्म २५ प्रतिसत भन्दा कम कर्मचारीहरुको उपस्थितीमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।

कर्मचारीहरुको अनावस्यक उपस्थिती रोक्नको लागि सुचना प्रवधिको उच्चतम प्रयोग गरी वर्क फर्म हो तथा रिमोट एक्सीसबाट कार्यसम्पादन गर्न जोड दिनुपर्ने, नजिकै रहेको शाखाहरुको हकमा भने न्युन शाखाहरु सञ्चालनमा ल्याई बैंकल्पीक शाखा कार्यालयहरुबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुु पर्ने छ ।

यस किसिमको व्यवस्थापनको लागि बन्द हुने शाखा कार्यालयको मुल ढोका, संस्थाको वेभसाईट तथा सामाजिक सञ्जाल समेतमा सेवा सम्वन्धी सोधपुछका लागि सम्र्पक व्यक्तिको सम्र्पक नम्वर, सेवा प्राप्त गर्न सकिने बैकल्पीक शाखा र शाखा खुल्ला रहने समय सम्वन्धी सुचनाहरु दैनिकरुपमा प्रकाशन गर्नुपर्ने छ । संक्रमण जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवा भन्दपनि बिद्युतीय माध्यमबाट सेवा प्रदान गर्नेमा जोड दिनुपर्ने छ । बिभिन्न निकायहरुबाट जारी भएका र हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसंगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा दिनुपर्ने छ ।  

rastrabank.JPG



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation