

१ जेठ, २०८२ | 14 May, 2025
काठमाडौं । साताको दोश्रो दिन सोमबार शेयर बजारमा उछाल आएको छ । आइतवारको नकारात्मक सर्किटवाट मार्केट व्याक भएर सोमवार सकारात्मक सर्किट लाग्दै बजार करिब १५ मिनेट पहिलेनै बन्द भयो ।
आइतवार कारोबारको ४ घण्टा अवधि मध्येमा ठिक मध्यान्तरको समयमा ५.०३ प्रतिशत अर्थात १४७.३१ अंकले बजार घटेर २७७९.६८ अंकमा पुगेको थियो भने त्यसको भोलिपल्ट सोमवार बजार बन्द हुन करिब १५ मिनेट वाँकी रहदानै ५.७४ प्रतिशत बढेर २९८०.७८ बिन्दुमा बजार बजार बन्द भएको हो ।
सामान्यतय बजारमा ५ प्रतिशत सकारात्मक वा नकारात्मक सर्किट लागेपछि पहिलो चरणमा कारोबार ४० मिनेट बन्दा हुने र फेरी कारोबार खुल्ने हुन्छ तर सोमबार भने मार्केट बन्द हुन करिब १५ मिनेट मात्रै बाँकी रहदा सर्किट लागेकाले पुनः बजार खोल्ने समय सकिएको हो र १५ मिनेट पहिलानै बजार बन्द भएको हो ।
सोमबार सेन्सेटिभ इण्डेक्स ६।०२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ११।२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०।४४ अंक बढेको छ।
यस दिन शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर बीच टेलिफोन कुराकानी भएको थियो। सो कुराकानीमा गभर्नरले आवश्यक प्रक्रिय मिलाई परिस्थिति सहज बनाउने समाचार बाहिरिएसँगै नेप्से उच्च दरमा बढेको अनुमान गरिएको छ ।
यस दिन २२४ कम्पनीको १ लाख ९ हजार पटकको कारोबारमा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यद्यपी अन्य दिनको तुलनामा यो कारोबार रकम भने घटेको हो । अघिल्लो दिन नकारात्मक सर्किट लागेका बेलामा पनि कारोवार रकम ११ अर्ब भन्दा धेरै भएको थियो । यद्यपी, घटेको मार्केटमा लगानी गरेका लगानीकर्ताहरुको नाफा बुक गर्ने बेला सोमवार नभएकाले कारोबार रकम कम भएको लगानीकर्ताहरुको भनाई रहेको छ ।
उनिहरुका अनुसार मंगलवार र बुधवार भने बजारमा भारी अंकको कारोबार हुनेछ । साथै, धेरै दिन घटेको यो बजारले मंगलवार र बुधवार नाफा बुक गर्नका लागि लगानीकर्तालाई अबसर प्रदान गर्नेछ । यि दिनहरुमा खरिद गर्ने लगानीकर्ताहरुले भने पुनः केहि दिन थप होल्ड गर्नुपर्ने अवस्था आउन सक्नेछ ।