डिजिटल बैंकिंग प्रणाली प्रयोगमा प्रबद्र्धन गर्दै कुमारीडेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई दशैं विशेष छुट

 अर्थ बुलेटिन   १२ असोज, २०७८



काठमाडौं । नेपालीहरुको  महान चाडको आगमनसँगै नगद रहित कारोबारलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्ड वाहकहरुलाई विशेष छुट दिने भएको छ । 

कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यहि असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन् । 

दराज अनलाइन र कुमारी बैंकले सो छुटका बारेमा हालै एक सम्झौत गरेका छन् । सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरी सामान खरिद गर्दा २०% अथवा रु २,००० सम्मको र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% अथवा रु २,५०० सम्मको छुट पाउनेछन् । 

सो सहमति पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन । यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागी डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation