डिजिटल इकोसिस्टम बिस्तार हुंदैनेपाल पेमेन्ट सोलुसन्स् र बैंक अफ काठमाडौँ बिच सहकार्य

 अर्थ बुलेटिन   ९ कार्तिक, २०७८



काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाडौँसँग सहकार्यको लागि सम्झौता गरेको छ । 

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रतापश्रेष्ठ, सी.एक्स्.ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स्ले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्वगर्दै सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले बैंक अफ काठमाडौँसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, बैंक अफ काठमाडौँैसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्सकम्पनीहरुमार्फत उपलब्ध गराएको छ । 

नेपाल पेमेन्ट सोलुसन प्रा.लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो । जसले विशेषगरी बैंक तथा वित्तियसंस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्नेगर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेकोछ ।

जसले ३० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १० भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation