बजार घट्ने क्रम जारीकारोबार रकम पाँच अर्बमा झर्यो

 अर्थ बुलेटिन   २५ कार्तिक, २०७८



काठमाडौं । तिहार पछि घट्न शुरु गरेको शेयर बजार आज तेश्रो दिन पनि निरन्तर घटेको  छ।

यस हप्ता कारोबार भएको ३ दिनमा तिनै दिन नेप्से परिसूचक घटेको छ भने ३ दिनको अवधिमा करिब डेढसय भन्दा धेरै घटिसकेको छ । 

यस साताको अन्तिम दिनको कारोबारमा आज २.१७ प्रतिशत अर्थात ५९.५७ अंकले घट्दै नेप्से २६९०.२९ बिन्दुमा पुगेर रोकियो । यस्तै, सेन्सेटिभ इन्डेक्स समेत १०.६३ अंकले घटेको छ ।

आज बजार घटेसंगै अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत केही घटेको छ । आज ९४ लाख ७५ हजार ९३६ कित्ताको खरिद विक्रि हुँदा रु ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५३९.६८ रुपैयाको कारोबार भएको छ । 

आज महालक्ष्मी विकास बैकको सबैभन्दा धेरै कित्ता र रकमको कारोबार भएको छ भने महालक्ष्मी विकास बैक र आइसिएफसीका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । यि दुबै सस्थाको आज ९.९९ प्रतिशतका दरले शेयर मुल्य घटेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation