उकाली यात्रावाट थकान मार्यो नेप्सेले३० भन्दा धेरै अंकको ‘करेक्शन’

 अर्थ बुलेटिन   २ मंसिर, २०७८



काठमाडौं । तिहार पछि यसै साताको सोमवारदेखि निरन्तर उकालो लागिरहेको शेयर बजारले यस साताको अन्तिम दिनको कारोबारमा उकालीयात्रावाट आराम गरेको  । 

विहिवार नेप्से परिसूचक १.१६ प्रतिशत अर्थात ३२.३९ अंकले घटेर २७६९.१३ अंकमा रोकिएको छ । 

आज बजार घटेसंगै अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत केही घटेको छ । आज कारोबार रकम साढे ५ अर्ब पनि पुगेन । आज ९८ लाख ६२ हजार ९४० कित्ताको खरिद विक्रि हुँदा रु ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २२९.८४ रुपैयाको कारोबार भएको छ । बुधवार ७ अर्ब ३७ करोड भन्दा धेरै रकमको कारोबार भएको थियो । 

आज मानुषी लघुवित्त वित्तिय सस्थाको शेयर मुल्य १० प्रतिशतले बढेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मुल्य समेत करिब १० प्रतिशतनै बढेको छ ।

आज नेपाल दुरसंचार कम्पनी लिमिटेडको सबैभन्दा धेरै रकमको कारोबार भएको  छ । अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै कित्ता कारोबार भएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation