

२७ बैशाख, २०८२ | 10 May, 2025
- अब यस विकास बैंकको मोबाईल बैकिङ्ग एपको नाम ‘गरिमा स्मार्ट’ बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ ।
- ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरी विभिन्न सुविधाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
काठमाडौं । यस विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ ।
यससँगै, अब यस विकास बैंकको मोबाईल बैकिङ्ग एपको नाम ‘गरिमा स्मार्ट’ बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ । ‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकहरुले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरी विभिन्न सुविधाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैकका सेवाहरुमा सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, ट्राफिक चिट आदि), मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सकिने बैंकले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।
साथै, स्तरोन्नती पश्चात यस विकास बैंकको मोबाईल बैकिङ्ग एप ‘डिजि बटुवा’ अझ बढि सुरक्षित एवं ग्राहकमैत्री भएको बैंकको दावि छ । यस विकास बैंकका ग्राहकहरुले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरी प्रयोग गर्नसकिने छ ।
बैंकले ग्राहक मैत्री प्रविधिहरु भित्रयाउने क्रममा पछिल्लो वर्ष पनि विना चेकबुक शाखाबाट मोबाईल बैकिङ्ग मार्फत पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको बैंकले जनाएको छ ।