२७ बैशाख, २०८२ | 10 May, 2025
पाशुपत क्षेत्रको पूर्ननिर्माणमा विशेष योगदान गर्दै आएको बैंकले स्थानघर पूर्ननिर्माणका लागि ५ करोड १४ लाख एवं २०५२ सालको भूकम्प पश्चात पाशुपत क्षेत्रमा संरक्षणार्थ ४ करोड गरी ९ करोड भन्दा वढि रकम सहयोग गरिसकेको जनाएको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको आर्थिक सहयोगमा पाशुपत क्षेत्र भित्र पूननिर्मीत गरिएको पशुपति संग्राहलय तथा महास्नानघर पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री जिवन राम श्रेष्ठले आज एक कार्यक्रमका विच पशुति संग्राहलय तथा महास्नानघरको उद्घाटन गर्दै सो भवन औचापरिक हस्तान्तरण गरिएको मुख्य लगानी रहेको इन्भेष्टमेण्ट बैंकले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका उच्च पदस्थ पदाधिकारीहरु, इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादूर पाँडेकाका साथै बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको बैंकले आज एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।