सिर्जनशील लघुवित्तको आइपीओमा मागभन्दा ३४.४९ गुणा बढी आवेदन

 अर्थ बुलेटिन   १७ भदौ, २०७९



काठमाडौं । सिर्जनशील लघुवित्तको आइपीओमा एक अर्ब ३४ करोड ४९ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार बिहानसम्ममा १२ लाख ९ हजार ३०७ जनाले एक करोड ३४ लाख ४९ हजार ८७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ३४.४९ गुणा बढी आवेदन हो । कम्पनीले १५ भदौदेखि कुल तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी तीन लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा १९ भदौसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 


 


प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation