सुनको मूल्य तोलामा एक सय बढ्यो

 अर्थ बुलेटिन   २० भदौ, २०७९



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation