सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

 अर्थ बुलेटिन   २७ भदौ, २०७९



काठमाडौं । सुनकाे मूल्य साेमबार ताेलामा ३०० रुपैयाँले घटेकाे छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकाेमा साेमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

यसैगरी  तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेकाे छ । आइतबार तेजाबी  सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो ।  सुनकाे मूल्य घटे पनि साेमबार पनि चाँदीको मूल्य भने स्थिर छ ।  चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएकाे छ । महासंघले साेमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation