सुनको मूल्य फेरि घट्यो

 अर्थ बुलेटिन   २८ भदौ, २०७९



काठमाडौं । आज सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको जनाएको छ ।

सोमबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै छापावाल सुन प्रतितोला ९३ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

साथै तेजाबी सुनको मूल्य तोलाकाे ९३ हजार रुपैयाँमा रहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ । चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम छ । यसअघि, विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation