आज सेयर कारोबार बन्द

 अर्थ बुलेटिन   ३ असोज, २०७९



काठमाडौं ।  साताको दोस्रो दिन सोमबार सेयर बजार बन्द हुनेछ । संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ । 

मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक ३३.९७ अंक घटेर १८७६ बिन्दुमा कायम थियो । जसमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation