सानिमा माई हाइड्रोपावरले बुक क्लोज गर्दै

 अर्थ बुलेटिन   ५ असोज, २०७९



काठमाडौं । सानिमा माई हाइड्रोपावरले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि १२ असोजकमा बुक क्लोज गर्ने भएको छ ।यस आधारमा ११ असोजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । यसले लाभांश पारित गर्न २ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ ।

सानिमा माईले यसपटक सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । अब वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation