

२ जेठ, २०८२ | 15 May, 2025
काठमाडौं । बुधवार शेयर बजारमा कारोवार रकम निकै तल झरेको छ । यस दिन कारोवार रकम पौने अर्ब पनि पुग्न सकेन भने जम्मा २५ लाख कित्ता शेयर खरिद विक्रि भएको छ ।
मंगलवार झण्डै ४० अंकले घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.६१ प्रतिशत अर्थात ११.१९ अंकले बढेर १८४८.८० अंकमा पुगेको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स ०.५६ प्रतिशत अर्थात २.०१ अंकले बढेर ३६०.८८ अंकमा झरेको छ ।
नेप्से दोहोरो अंकले बढेको भएपनि यस दिन २५ लाख ३१ हजार ३७० कित्ता शेयरको खरिद विक्रि हुँदा ७२ करोड १२ लाख ५९ हजार ८८४.६७ रुपैयाँ बरावरको कारोवार भएको छ ।
यस दिनपनि समलिङगी पावर कम्पनी लिमिटेडको शेयर मुल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको थियो ।
यस दिन सबैभन्दा धेरै संख्यामा अपि पावर कम्पनीको शेयर खरिद विक्रि भएको छ भने नविल बैंकको कारोवार रकम धेरै भएको छ ।