कुमारी बैंकको ‘११% केबिएल डिबेन्चर’ बाँडफाँड३ अर्बको निष्काशनमा ३ अर्ब १५ करोड बराबर को आवेदन

 अर्थ बुलेटिन   ८ असोज, २०७९



काठमाडौं । कुमारी बैंक लिमिटेडले १० (दस) वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको “११% केबिएल डिबेन्चर २०८९” को रु. १,००० अंकित दरको ३० लाख कित्ता ऋणपत्रको वाँडफाँड गरेको छ । 

रित पुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई मिति २०७९/०६/०७ गते शुक्रबारका दिन ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फवाट माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको हो ।  

३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवर बाट बिक्री गरिएको तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिएको कुमारी बैंकले जनाएको छ ।

सर्वसाधारण नेपालीको लागि मिति २०७९/०५/१७ गते देखि मिति २०७९/०५/३१ गतेसम्म निष्काशन तथा बिक्री खूल्ला गरिएको थियो । व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबर को आवेदन प्राप्त भएको बैंकले जनाएको छ । 

आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation