कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

 अर्थ बुलेटिन   १० असोज, २०७९



काठमाडौं। कुमारी क्यापिटलले उच्च अदालत बार एसोसिएसन, पाटनसँगको सहकार्यमा कानून व्यवसायीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आफ्नो इक्विटी पोर्टफोलियो कसरी व्यवस्थापन गर्न सकिन्छ र सेयर बजारबाट कसरी सम्पत्ति निर्माण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको छ।

उक्त कार्यक्रममा कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङ विभागबाट ममिन शाक्य, सौगात पन्त र विभव बस्यालले सेयर बजारमा किन लगानी गर्ने, सेयर बजारलाई असर गर्ने कारक तत्व के के हुन् र आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

क्यापिटलका अनुसार कार्यक्रममा ५० भन्दा बढी वकिल र उच्च अदालत बार एसोसिएसन, पाटनका वर्तमान कार्यसमिति सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा वकिलहरूले सक्रिय रूपमा सहभागिता जनाउँदै सेयर बजारमा लगानीसम्बन्धी आफ्ना सबै जिज्ञासा राखेको थिय् ।


 


प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation