४.१५ अंकले बढ्यो नेप्से

 अर्थ बुलेटिन   २७ असोज, २०७९



काठमाडौं । सेयर बजारमा बिहीबार सामान्य सुधार भएको छ । यस दिन नेप्से सूचक ४.१५ अंकले बढेर १८७०.६३ विन्दुमा पुगेको छ ।

बिहीबार ८२ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि विगत केही दिनको तुलनामा सामान्य सुधार भएको छ । पछिल्लो केही समयदेखि नेप्सेमा साइडवेज मुभमेन्ट देखिएको छ ।

आज हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक हरियो बनेका छन् । २२२ कम्पनीको २६ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । तीन करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation