मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा

 अर्थ बुलेटिन   १ कार्तिक, २०७९



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले २ हजार २५४ कित्ता संस्थापक सेयर कात्तिक १ गतेदेखि लिलामीमार्फत विक्री गर्ने जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्राथमिकता कम्पनीका संस्थापक सेयरधनीहरुलाई दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आईपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

सेयरधनीले शेयरको मूल्य प्रतिकित्ता रू ५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकि बोलपत्र पेस गर्न सक्नेछन् । सेयर खरीदका लागि आवेदन पेस गर्दा न्यूनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन  दिन सकिने छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation