सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ काराेबार ?

 अर्थ बुलेटिन   १ कार्तिक, २०७९



काठमाडौं । कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला एक सय रुपैयाँ बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको ९२ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९२ हजार आठ सय रुपैयाँ थियो ।  चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ रहेकाे महासंघले जनाएकाे छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation