सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

 अर्थ बुलेटिन   ६ कार्तिक, २०७९



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा लघुवित्तकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक विद्यमान अन्य संस्थापकले आइतबारबाट ३५ दिनभित्र संस्थाको मुख्य कार्यालय बनेपा –१३, साँगा, काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्ने सेयर कित्ता संख्या खुलाई निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation