कुमारी बैंकको विशेष योजना : मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा

 अर्थ बुलेटिन   १० कार्तिक, २०७९



काठमाडौं । नेपालमै पहिलो पटक कुमारी बैंकले जीवन बीमा सुविधा सहितकोे कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । 

योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बिमा सुविधा निःशुल्क प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्नेछन् ।   

यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैया सम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जिवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकममा दुई देखि १० गुणा सम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्सुरेन्स कम्पनी रहेको छ । 

मुद्दती निक्षेप तथा जीवन बीमा दुबै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिदै आएका छन् । कुमारी बैंकले पहिलो पटक यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation