आजदेखि सेयर कारोबार सुरु हुने, अब कता जाला बजार ?

 अर्थ बुलेटिन   १४ कार्तिक, २०७९



काठमाडौं । एक सातादेखि बन्द रहेको सेयर कारोबार आजबाट खुला हुने भएको छ ।

तिहार तथा छठको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द थियो । 

६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार सुरु हुनेछ ।

कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ । यस्तो अवस्थामा अब सेयर बजार कता जाला भनेर  चासो रहेको छ । तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation