अरुण काबेलीले बोलायो साधारणसभा (सूचना सहित)१० प्रतिशत बोनस सेयर प्रस्ताव

 अर्थ बुलेटिन   १४ कार्तिक, २०७९



काठमाडौं । अरुण काबेली पावर कम्पनीले ३० कात्तिकमा वार्षिक साधारण सभा गर्ने भएको छ ।

 

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्ने भएको छ ।

गत आर्थिकक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि रहेको छ । नयाँ परियोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ ।

कम्पनीले १ः१ अनुपातमा (१०० प्रतिशत) हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ ।

बोर्डले अनुमति प्रदान गर्ने बेलासम्म कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि स्वीकृति प्रदान गर्नेसम्बन्धी प्रस्ताव पनि सभामा लगिने अरुण काबेलीले जानकारी गराएको छ ।

अरुणको हाल एक अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी दुई अर्ब चार करोड सात लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।

साधारण सभा अल्फाबिटा कम्प्लेक्सको चौथो तल्ला नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले साधारण सभा र बोनस सेयर प्रयोजनका लागि १८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ ।

सूचना:



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation