एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन

 अर्थ बुलेटिन   १५ कार्तिक, २०७९



काठमाडौं । एनसीसी बैंकको ३.३६६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १७८ रुपैयाँ १ पैसा निर्धारण गरेको छ । बैंकको अन्तिम कारोबार मूल्य १८४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । हाल एनसीसी कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेकोले यस बैंकको कारोबार नेप्सेमा रोक्का छ । 

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ७.६३ प्रतिशत नगद  र ३.३६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । लाभांश प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation