सेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह

 अर्थ बुलेटिन   १७ कार्तिक, २०७९



काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभाबाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । 

बैंकको आर्थिक बर्ष ०६६-६७ देखि ०७०-७१ सम्मका साधारणसभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीले नलिएकोले सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांश लिन बैंकले आग्रह गरेको छ । 

सेयरधनीले बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ । 
भुक्तानी लिन बाँकी रहेको लाभांशको विवरण बैंक तथा बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिनेछ । यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation