नेसनल लाइफले १८ मंसिरमा डाक्यो एजीएमबुक क्लोज कहिले ?

 अर्थ बुलेटिन   १७ कार्तिक, २०७९



काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १८ मंसिरमा साधारणसभा बोलाएको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पे; हुनेछ । यसले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

२०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनLत स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले ८ मंसिरमा एकदिन बुक क्लोज गर्ने भएको छ । ७ मंसिरमा कायम सेयरधनीले लाभांश पाउनेछन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation