सिद्धार्थ बैंकको ६ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

 अर्थ बुलेटिन   २१ कार्तिक, २०७९



काठमाडौं । सिद्धार्थ बैंकले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सोमबार (कात्तिक २१ गते) बाट ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation