नेपालीले तीन महिनामा १७ लाख २५ हजारको ‘टुथपिक’ले दाँत कोट्याए

 अर्थ बुलेटिन   २३ कार्तिक, २०७९



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १७ लाख २५ हजार रुपैयाँको टुथपिक (दाँत कोट्याउने सिन्का) आयात गरेको छ । 

२०७९ साल साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको टुथपिक आयात गरेको हो । 

भन्सार विभागका अनुसार सो अविधमा नेपालमा विभिन्न देशबाट ५ हजार २८८ केजी टुथपिक भित्रिएको छ । 

पछिल्लो तीन महिनामा चीन र थाइल्याण्डबाट नेपालले टुथपिक आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को पहिलो तीन महिनामा नेपालले १ करोड २ लाख ४१ हजार रुपैयाँको टुथपिक आायात गरेको थियो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation