कुमारी बैंक र द हिमालयन गृल बाइ बाजेको बीच सम्झौता

 अर्थ बुलेटिन   २५ कार्तिक, २०७९



काठमाडौं । कुमारी बैंक लिमिटेड र  काठमाडौं वडा न १०, टोखा स्थित “द हिमालयन गृल बाइ बाजेको” बीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा, कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वा क्यूआर मार्फत भुक्तानी गर्दा, विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

द हिमालयन गृल बाइ बाजेको तर्पm बाट संचालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्पm बाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षर गर्नुभएको छ । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो । यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरु वा क्यूआर प्रयोगकर्ताहरुले द हिमालयन गृल बाइ बाजेको टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation